अनुसूची – ६
(नियम २० सँग सम्बन्धित)
शपथ ग्रहण फारामको नमूना
म…………………………………………………ईश्वरको नाममा शपथ लिन्छु कि निजामती कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी देश र सरकारप्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ लालच मोलाहिजा नगरी अनुशासनमा रही निजामती सेवा नियमावली, २०५० तथा प्रचलित कानूनको व्यवस्थाको अधीनमा रही आफ्नो कर्तव्यको पालन गर्नेछु । मलाई ज्ञात हुन आएको कुनै सरकारी गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरु कसैलाई म सेवामा वहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले भन्ने वा संकेत गर्ने छैन ।
शपथ ग्रहण गर्ने कर्मचारीको शपथ ग्रहण गरेको प्रमाणित गर्ने अधिकारीको
(क) नामः– (क) नामः–
(ख) दस्तखतः– (ख) दस्तखतः–
(ग) मितिः– (ग) मितिः–
(घ) सेवाः– (घ) पदः–
(ङ) समूह÷उपसमूहः– (ङ) कार्यालयः–
(च) श्रेणीः–